संघीयता कार्यान्वनमा चुनौती कायमै मुख्यमन्त्री राउत के कहनाम

रौतहट १८ पुष

मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले अझै पनि संघीयता कार्यान्वयनमा चुनौती रहेको बताएका छन् । प्रदेश सांसदहरूको शपथग्रहणपछि सोमबार बसेको पहिलो प्रदेशसभाको बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले संघीयता कार्यान्वयन गर्न मधेस प्रदेशलाई अझ बढी चुनौती रहेको बताएका हुन् ।

नयाँ सरकारकालाई प्रदेश प्रहरी भर्ना गर्न चुनौती हुने बताउँदै मुख्यमन्त्री राउतले सबै दल एकमत भएर अगाडि बढ्नुपर्नेमा जोड दिए । प्रहरी समायोजनको काम अन्तिम चरणमा पुगेकोले प्रधानमन्त्री पुष्पकमल दाहालसँगको समन्वयमा ध्यान दिनुपर्ने उनको भनाइ छ ।

16 Push 077 final

‘चुनौतीका बीच प्रदेशसभाबाट प्रदेश प्रहरी ऐन, प्रदेश निजामती ऐन बनाउँदा सबै दलको सहयोग सरकारका लागि महत्त्व राख्दछ,’ राउतले भने,‘ऐन र नीति तथा कार्यक्रम प्रदेश सभाबाट पारित गर्न सकारात्मक सहयोग प्राप्त भयो ।’

संघीयता कार्यान्वयनकै लागि संघीय सरकारविरुद्ध दर्जनभन्दा बढी मुद्दा दायर गर्नु परेको पनि उनले बताए । मुलुकमा मधेस प्रदेशले मात्र संघीयता टिकाएको दाबी गर्दै मुख्यमन्त्री राउतले प्रदेश सांसद एकताबद्ध भएर अगाडि बढे मात्रै संघीयता कार्यान्वयन हुने बताए ।

स्रोतसाधनको अभावबीच ५ वर्षको यात्रा निकै कष्टकर भएको पनि मुख्यमन्त्री राउतको गुनासो थियो । मुख्यमन्त्रीका रूपमा काठमाडौं जाँदा तीनकुनेमा गाडी बिग्रिएर अलपत्र परेको अनुभव पनि उनले सुनाए । पाँच वर्षे कार्यकालमा कार्यकक्ष र कर्मचारी अभावले भनेजस्तो काम गर्न नसकेको पनि उनको भनाइ थियो ।