पेस्तोलसहित एक भारतीय नागरिक पक्राउ

रौतहट पौष १८ गते

कम्मरमा बाँधेको होस्टाईलभित्र लोड अवस्थामा राखिएको एक थान पेस्तोलसहित सशस्त्र प्रहरीले बाराको पचरौता नगरपालिका ४ गुलरिया सीमा ईलाकाबाट एक जनालाई नियन्त्रणमा लिएको छ । भारतको पूर्वीचम्पारण मोतिहानी १६ घर बताउने ४० वर्षीय चन्दन कुमारलाई सशस्त्र प्रहरी बल नेपाल नम्बर १२ गण बाराले उक्त पेस्तोल र ७ राउन्ड गोलिसहित नियन्त्रणमा लिएको जनाएको छ ।

भारतबाट नेपालतर्फ आउँदैगरेका उनलाई शंकास्पद अवस्थामा देखेपछि गस्तीमा खटिएको सशस्त्र प्रहरीले जाँच गर्दा उनको साथमा तीन राउण्ड गोली लोड गरिएको मोडल नम्बर २०२२ आरएफआइको एउटा पेस्तोल तथा सोको १ वटा म्याग्जिन र होस्टाईलभित्र राखेको ४ राउण्ड गोली फेला पारेको हो ।

उनको साथमा ११ हजार २ सय ७० भारतीय रुपैयाँ, ३ वटा भारतीय आधार कार्ड र एउटा मोवाईल सेट समेत बरामद भएको सशस्त्र प्रहरीका नायव उपरीक्षक शैलेन्द्र थापाले बताए ।

पक्राउ परेका कुमारलाई बरामद गरिएको पेस्तोल, गोली तथा म्याग्जिन र अन्य सामानसहित आवश्यक कारवाहीको लागि ईलाका प्रहरी कार्यालय सिमरौनगढ बारामा बुझाइएको प्रहरीले जनाएको छ ।

यसअघि सोही जिल्लाको महागढी नगरपालिका २ भुटहीमा ८ गते दुई वटा मोटरसाईकलमा सवार अज्ञात समूले भारत घर भएका ५० वर्षीय शिवपुजनप्रसाद यादवलाई गोली हानी फरार भएका थियो ।

सो लगत्तै सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेस बरियारपट्टिले उनलाई उपचारको लागि न्यूरो अस्पताल बीरगंजतर्फ पाठए पनि बाटोमै मृत्यु भएको थियो । सो घटनापछि सशस्त्र प्रहरिले सीमा क्षेत्रमा चेकजाँचलाई कडाइ गरेको जनाएको छ ।

error: Content is protected !!