रौतहटबाट श्रोत नखुलेको लाखौ रकम सहत २ जना पक्राउ

रबिन्द्र प्रजापति, १८ गते रौतहट । रौतहटबाट श्रोत नखुलेको रकम सहित दुई जना पक्राउ परेका छन ।
जिल्लाको गौर नगरपालिका वडा नं.१ भन्सार गार्ड अगाडी चेक प्वाईन्ट राखेर चेकिङ्ग गर्ने क्रममा भारतबाट नेपाल तर्फ आउदै गरेको बिआ ०५ ए एन १५९० नम्वरमा सवार भारत विहार राज्य मोतिहारी जिल्ला मोतिहारी नगरपालकिका वडा नं.३५ न्यु गोपालपुर बल्हाचोक घर भएका ३५ बर्षिय आजाद कुमार मालाकार र पछाडी सवार ३२ बर्षिय संजिव कुमार तिवारीलाई चेकजाँच गर्दा आजाद कुमार मालाकारको साथबाट दुई लाख पैतालीस हजार र संजिव कुमार तिवारीको साथबाट दुई लाख चार हजार पाँच सय श्रोत नखुलेको रकम बरामद भएको प्रहरीले जनाएको छ ।
सोमवार अपरान्ह भन्सार सुरक्षा गार्ड र सशस्त्र प्रहरी वल वि.ओ.पी.भन्सारबाट संयुक्त रुपमा खटिएको टोलील सो रकम बरामद गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाउको छ ।
दुबै जनाको साथबाट श्रोत नखुलेको भारतीय नगद चार लाख उन्नपचास हजार पाँच सय फेला परेकोले, उक्त नगद र मोटरसाईकल नियन्त्रणमा लिई पथलैया राजश्व अनुसन्धान कार्यालय थप अनुसन्धानको लागि पठाएको डिएसपी उमाशकर प्रसाद यादवले जनाएका छन ।

error: Content is protected !!