सरस्वती पूजाका लागि रौतहट लगाएत आसपासका जिल्लामा मूर्तिकार यति बेला मूर्ति बनाउन व्यस्त

रबिन्द्र प्रजापति, पुस २२ गते रौतहट । सरस्वती पूजाका लागि रौतहट लगाएत आसपासका जिल्लामा मूर्तिकार यति बेला मूर्ति बनाउन व्यस्त भएका छन् ।
यस वर्ष माघ १२ गते विहीवार सरस्वती पूजाको तिथि छ । ग्राहकको अर्डरअनुसार पाँच हजारदेखि ५० हजारसम्मको मूर्ति बनाउन व्यस्त रहेका कुम्हाल कलाकारहरुले बताएका छन । सरस्वती पूजनोत्सवको दिन नजिकिँदै गर्दा कुम्हाललाई अहिले माटो मुछेर बनाइने देवी सरस्वतीका मूर्ति तयार गर्न भ्याइनभ्याई छ ।
वसन्तपञ्चमी र श्रीपञ्चमीसमेत भनिने माघ शुक्ल पञ्चमीका दिन उल्लासका साथ सरस्वती पूजनोत्सव मनाइने परम्परा रहेको छ । माटो र परालबाट बनाइएको सरस्वती मूर्ति विद्यार्थीहरुले विद्यालयलमा राखी सरस्वती पूजा पञ्चमीका दिन मनाइने परम्परा रहेको छ ।

error: Content is protected !!