रौतहटबाट बिल,बिजक नभएको लाखौको समान बरामद

पुस २३ गते रौतहट । ईलाका प्रहरी कार्यालय, चन्द्रनिगाहपुर, रौतहट ले ९ लाख बढिको अवैध समान बरामद गरेको छ ।
प्रहरी गस्ती टोलीले रौतहट चन्द्रपुर नगरपालिका नं. ४ गौर चन्द्रपुर सडक खण्डमा सर्लाही हरिवन नगरपालिका वडा नं.५ वस्ने वर्ष ३३ को विनोद महतो र उनले चलाएको प्रदेश २(०२(००१ च ०२४३ नम्वरको पिकअप गाडी बरामद गरेको छ
चेकचाँज गर्दा गाडी भित्र रहेको गुटखा लगायतका किराना सर(समानहरुको विल विजक माग गरी हेर्दा बिल विजक बमोजिमको सर(सामानहरु नदेखिएकोले सर(सामानहरु लगायत पिकअप र चालक लाइ नियन्त्रणमा लिइ कारवाहीको लागि राज्श्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाईएको प्रहरीले जनाएको छ ।
बरामद समानको अन्दाजी मूल्य ९, लाख ८८ हजार ,३ सय ८० रहेको प्रहरीले जनाएको छ । कलमपाटी

error: Content is protected !!