चिसो अत्यधिक बढेपछि रौतहटको कटहरिया नगरपालिकाका विद्यालय बन्द

रबिन्द्र प्रजापति, पुस २३ गते रौतहट । चिसो अत्यधिक बढेपछि रौतहटको कटहरिया नगरपालिकाका विद्यालय बन्द गरिएको छ । चिसोका कारण पठनपाठन प्रभावित हुने भएपछि विद्यालय बन्द गरिएको छ ।
बढ्दो जाडो तथा शितलहरले गर्दा जनजीवन कष्टपूर्ण भएपछि जाडो विदा दिइएको छ । आज कटहरिया नगरपालिकाका नि.प्रमुख प्रशासकिय रामप्रकाश साहले एक सूचना जारी गरि पुस २४ गते रोज आइतबार देखि पुस २९ गते शुक्रवार सम्मको लागि हिउँदे विदा सम्बन्धमा सूचना जारि गरेको छ । वर्षे विदा बाट कट्टा हुने गरि नगरपालिका अन्तर्गत संचालित सामुदायिक बिधालय तथा संस्थागत बिधालयहरू बन्द गरिएको जानकारी गराईएको हो । यस्तै,अत्यधिक चिसो बढेपछि रौतहटका अन्य पालिकाहरुले यस अघिनै बिधालयहरू बन्द गरि सकेका छन् ।

त्यस्तै, रौतहटको मध्य भाग गरुडा नगरपालिकाले पनि विद्यालय बन्द गरिएको छ । आज गरुडा नगरपालिकाका नि.प्रमुख प्रशासकिय रामबाबु राय यादवले एक सूचना जारी गरि पुस २४ गते रोज आइतबार देखि पुस २६ गते मंगलबार सम्मको लागि वर्षे विदा बाट कट्टा हुने गरि नगरपालिका अन्तर्गत संचालित सामुदायिक बिधालय तथा संस्थागत बिधालयहरू बन्द गरिएको जानकारी गराईएको हो ।

error: Content is protected !!