मधेश प्रदेशको मुख्यमन्त्रीमा जसपा सरोजकुमार यादव नियुक्त

रौतहट पौष २७ गते

जनता समाजवादी पार्टी (जसपा) का नेता सरोजकुमार यादव मधेश प्रदेशको मुख्यमन्त्रीमा नियुक्त हुनु भएको छ । मधेस प्रदेशमा जनता समाजवादी पार्टी (जसपा) संसदीय दलका नेता सरोजकुमार यादवले आजै मुख्यमन्त्री लागि प्रदेश प्रमुख समक्ष दावी पेश गरेका थिए ।

सत्ता साझेदार दलहरुबीच पहिलो चरण जसपालाई दिने सहमतिअनुसार मधेसमा जसपा संसदीय दलका नेता यादवले मुख्यमन्त्री बनेका हुन् ।

16 Push 077 final

मधेश प्रदेशसभामा १०७ सांसद छन् । बहुमतका लागि ५४ सांसद आवश्यक पर्छ । सत्ता गठबन्धनमा रहेका नेकपा एमाले, जसपा, माओवादी केन्द्र, जनमत पार्टी, राप्रपा र नागरिक उन्मुक्ति पार्टीसँग कुल ६२ सांसद छन् ।

स्वतन्त्र सांसद सुरिता साहले पनि समर्थन गर्ने बताइएको छ । उनीसहित ६३ सांसदको समर्थनमा यादवदले प्रदेश प्रमुख हरिशंकर मिश्रसमक्ष मुख्यमन्त्रीको दाबी पेश गरेका थिए । प्रदेशका निवर्तमान सभामुखसमेत रहेका उनी बारा १ (२) बाट निर्वाचित भएका हुन् । मुख्यमन्त्रीका लागि दावी पेश गरेका यादवलाई प्रदेश प्रमुख मिश्रले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।