कटहरियामा निःशुल्क सुरक्षागार्ड तालिम सुरु

कटहरिया रौतहट २८ गते

रौतहटको कटहरियामा निःशुल्क सुरक्षागार्ड तालिम सुरु भएको छ । सो नगरपालिकाको वडा नम्बर ५ कटहरिया बजारमा आज देखि ३२ दिने ९१६० घण्टे० तालिमको शुभारम्भ गरिएको हो ।

उदघाटन कार्यक्रमको प्रमुख अतिथीको रुपमा वडा अध्यक्ष सर्फलाल गुप्ता रह्नु भएको थियो । मधेश प्रदेश सरकार,समाजिक विकास मन्त्रालय,व्यवसायीक तथा सीप तालिम केन्द्र राजपुर रौतहटको वित्तिय सहयोगमा जय मधेश सेक्यूरिटि सर्भिस प्रा।लि।

16 Push 077 final

जनकपुरधाम ९ धनुषाले आर्थिक वर्ष २०७९।८० मा सञ्चालित कार्यक्रम मार्फत तालिम प्रदान गरिरहेको छ
सो तालिममा करिब १३ जनाको सहभागिता रहेको आयोजक संस्थाले जानकारी गराएको हो । तालिममा संस्थाका भगत महतोले सुरक्षगार्ड सम्बनिधी तालिम दिइ राख्नु भएको छ । पुस २७ गते बुधवार देखि सुरु भएको तालिम अगामी माघ २९ गते सम्म चल्ने जनाइएको छ ।

तालिम प्राप्त गरि सकेपछि प्रमाणपत्र प्रदान गरिने बताइएको छ । केहि हदसम्म बेरोजगारी समस्या हल गर्ने उदेश्य तालिम सञ्चालन गरिएको बुझिएको हो । सो अवसरमा अतिथीहरु शिक्षक चुनचुन प्रसाद यादव,पत्रकार प्रकाश श्रेष्ठ लगायतका व्यत्तीहरुको उपस्थिती रहेको थियो ।