कटहरियाका मेयर जयसवालले गरे ल्याब सम्बन्धि मेसिन हस्तान्तरण

कटहरिया रौतहट २८ गते

रौतहटको कटहरिया नगरपालिकाका नगर प्रमुख अजय प्रकाश जयसवालले ल्याब सम्बन्धि मेसिनहरु हस्तान्तरण गरेका छन् । कटहरिया नगरपालिका वडा नम्बर ५ स्थित रहेको प्राथमिक स्वास्थ्य केन्द्रलाई करिब ७० लाख मुल्य बराबरको ल्याब सम्बन्धि सामाग्री तथा उपकरण हस्तान्तरण गरेका हुन् । बुधवार आयोजित एक कार्यक्रमका बीच मेयर जयसवालले स्वास्थ्य केन्द्रका ईन्चार्ज डा.अनिल साहलाई सो सामग्री हस्तान्तरण गरेका हुन् ।

आफनै पहलकदमीमा मेयर जयसवालले मधेश प्रदेश सरकारको प्रदेश जनस्वास्थ्य प्रयोगशाला जनकपुरधामको सहयोगमा प्राप्त माइक्रोस्कोप,इसिजि मेसिन सहितका विभिन्न स्वास्थ्य सामाग्रीहरू स्वास्थ्य संस्थालाई प्रदान गरेका हुन् ।

16 Push 077 final

नगरवासीहरुलाइ ल्याब जाँच गराउन सहयोग होस भन्ने उद्देश्यले उक्त सामानहरु हस्तान्तरण गरिएको उनले बताए । नगरवासीको स्वास्थ्यको मध्य नजरगरि मेयर ती सामाग्रीहरु वितरण गरिएको उनले बताए ।

कार्यक्रममा वडा नम्बर ५ का वडा अध्यक्ष सर्फलाल गुप्ता,वडा नम्बर ८ का वडा अध्यक्ष समिशबिक्रम शाह,कार्यपालिका सदस्य दिलिप साह,पत्रकार प्रकाश श्रेष्ठ,स्थानिय भद्रभलादमी, लगायतका व्यक्तिहरूको उपस्थिति रहेको थियो ।