कटहरियामा मेयर जयसवालद्धारा अपांगलाई ह्विल चेयर हस्तान्तरण

रबिन्द्र प्रजापति, माघ ३ गते रौतहट । रौतहटको कटहरिया नगरपालिका ५ कटहरिया बजारमा बस्ने महेन्द्र साह कलवार को छोरा बिजय साह भएका एक जना अपांगलाई कटहरिया नगरपालिकाले ह्विल चेयर सहयोग गरेको छ । मंगलवार एक कार्यक्रमका बिच ह्विल चेयर सहयोग गरिएको छ ।
मंगलवार कटहरियाक नगरपालिकाका नगर प्रमुख अजयप्रकाश जयसवालको अध्यक्षतामा अपांग बिजय साहलाई ह्विल चेयर हस्तान्तरण गरेका छन । कमजोर आर्थिक अवस्था भएका कारण साह ह्विला चेयर समेत किन्न सकेका थिएन । तर लामो दुःख भोगेका साह ह्विला चेयर पाएपछि खुशी भएका छन् । उनले मेयर जयसवाललाई धन्यवाद समेत ज्ञापन गरेका छन् ।
। कटहरिया नगरपालिकाको अपांग समन्वय समितिकी संयोजक समेत रहेकी मेयर जयसवालले अपांगहरुलाइ जुनसुकै बेला सहयोग गर्न आफू तयार रहेको बताउनु भयो । अपांगहरुको हक अधिकार दिलाउन आफू कहिले पछाडी नपर्ने उनले प्रतिक्रया दिएका छन् । समय समयमा कटहरिया नगरपालिकाले अपांगहरु यस्तै किसिमको सहयोग गर्दै आइरहेको छ ।

16 Push 077 final