बालकलाई अपहरण गरेर हत्य गरेको आरोपमा रौतहटबाट काका सहित दुई जना पक्राउ

माघ ६ गते रौतहट प्रहरीले ९ वर्षीय बालकको हत्या गरेर शव नदीमा फालेको आरोपमा रौतहटबाट २ जनालाई पक्राउ गरेको छ ।
जिल्लाको माधवनारायण नगरपालिका ८ पिपरा रजवाडाका ९ वर्षिय बालक आशनारायण प्रसाद कुशवाहाको हत्या गरेको आरोपमा उनिहरुलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक वीरबहादुर बुढामगरले जनाएको छ ।
पक्राउ पर्नेमा उनका काका जयराम महतो कोइरी र सोही स्थानका सञ्जय राम रहेको प्रहरीले जनाएको छ ।
गत मंसिर २५ गते घरबाट हराएका आशनारायणको शव पुस १ गते माधवनारायण नगरपालिका ८ स्थित बागमती नदीमा फेला परेको थियो । २५ गते घर बाहिर खेलिरहेका आशनारायणलाई काका जयराम महतो र उनका सहयोगी सञ्जय रामले मुख थुनेर नजिकै रहेको छाप्रोमा लगेर कपडाले हातखुट्टा बाँधेर हत्या गरेका प्रहरीको आरोप छ ।
प्रहरीका अनुसार जग्गा सम्बन्धी पुरानो रिसवी र सधैंको झगडाका कारण काका जयरामले भतिजा आशनारायणको हत्या गरेका छन् ।
रौतहटका एसपी बुढामगरका अनुसार हत्या गरेको दिन उनीहरुले बालकको शवलाई सोही छाप्रोमा लुकाएका थिए । दोश्रो दिन राति घर भन्दा १ मिलोमिटर टाढा रहेको परालको थुप्रोमा लुकाएका थिए । कसैलाई शंका नहोस भनेर काका जयराम परिवारजनसँगै खोजतलाश गर्न पनि गएका थिए ।
उनीहरुले २९ गते राति लाशलाई बोरामा हालेर बागमती नदीमा फालेको अनुसन्धानले देखाएको उनले बताए । प्रहरीले उनीहरुले बालकको हत्यामा प्रयोग गरेका कपडा, बोरा लगायतका सामग्री समेत फेला पारेको छ । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिलला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

16 Push 077 final