नगर प्रमुख जयसवालले दुई जना अपाङ्गलाई गरे ह्विल चेयर सहयोग

रबिन्द्र प्रजापति, माघ ०६ गते रौतहट । कटहरिया नगरपालिकाका नगरप्रमुख अजय प्रकाश जयसवालले शुक्रबार दुई जना अपाङ्गलाई ह्विल चेयर सहयोग गरेका छन ।
कटहरिया नगरपालिका वडा नं. १ भसेड्वा टोल बडेड्वा बस्ने मिठुलाल राय यादव को छोरा बिशुनदयाल राय यादव र सोही वडा भसेड्वा बस्ने लालबाबु यादव को छोरी रेश्मी कुमारी यादवलाई ह्विल चेयर प्रदान गरेको छ
मेयर जयसवालले शुक्रबार एक कार्यक्रमका बिच ह्विल चेयर सहयोग गरिएको हो ।
शुक्रबार कटहरिया नगरपालिकाका नगर प्रमुख जयसवालको अध्यक्षतामा अपाङ्ग दुबै जनाले ह्विल चेयर हस्तान्तरण गरेका छन ।
कमजोर आर्थिक अवस्था भएका कारण तिहरु ह्विला चेयर समेत किन्न सकेका थिएन । तर लामो दुःख भोगेका दुबै जना ह्विला चेयर पाएपछि खुशी भएका छन् । उनले मेयर जयसवाललाई धन्यवाद समेत ज्ञापन गरेका छन् ।
उनले अपांगहरुलाइ जुनसुकै बेला सहयोग गर्न आफू तयार रहेको बताउनु भयो ।
अपांगहरुको हक अधिकार दिलाउन आफू कहिले पछाडी नपर्ने उनले प्रतिक्रया दिएका छन् । समय समयमा कटहरिया नगरपालिकाले अपांगहरु यस्तै किसिमको सहयोग गर्दै आइरहेको छ ।

16 Push 077 final