रौतहटमा गाडीको ठक्करबाट एक जनाको मृत्यु

कटहरिया, माघ १४ गते । रौतहटमा गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा गढीमाई नगरपालिका–८ इनरवा बस्ने ६५ वर्षीय अनुपराय यादव रहेको छ ।
जिल्लाको गरुडा नगरपालिका वडा नं. ५ चिनीमिलस्थित गौर–चपुर सडकमा प्र २–०३–००१ च ३९०४ नम्बरको पिकअप गाडीको ठक्करबाट पैदलयात्री यादवको मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको झाँजपुलस्थित आयुष्मान हस्पिटल हुँदै एलएस न्यूरो हस्पिटल वीरगञ्जमा थप उपचारको क्रममा मृत्यु भएको हो । पिकअप गाडी र चालकलाई नियन्त्रणमा लिई यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

16 Push 077 final