वृदावनलाई पराजित गर्दै कटहरिया ३ विकेटले विजयी, सिमिफाईन्लमा गरे प्रवेश

रबिन्द्र प्रजापति, कटहरिया, माघ १६ गते । दुर्गा भगवती गाउँपालिकाद्धारा जारी अध्यक्ष कप जिल्ला स्तरिय नक आउट टि २० क्रिकेट टुर्णामेन्ट अन्तर्गत आईतवार सम्पन्न भएको खेलमा कटहरिया नगरपालिकाले वृदावन नगरपालिकालाई ३ विकेटले पराजित गरेका छन् ।
दुर्गा भगवती गापाको सरस्वती मावि पिपरा भलोहियामा जारी रहेको जिल्ला स्तरिय अध्यक्ष कप अन्तर्गत आजको खेलमा वृदावन नगरपालिकाले टस हारेर पहिला ब्याटिंग गरेर निर्धारित २० ओभरको खेलमा १० विकेटको क्षतिमा १३२ रनको योगफल तयार पार्न सफल भए ।
जवाफी ब्याटिंगमा उत्रिएका कटहरियाले १७ ओभरमा ७ विकेटको क्षतिमा १३३ रन बनाई विजयी भएको छ ।
ब्याटिंग गर्नका लागी उत्रियका दिपु साहले नट आउट भई ५० रन बनाईका थिए । त्यस्तै साहले १ बिकेट लिएका थिए ।

गत ८ गते आईतबार राजदेवी नगरपालिकालाई पराजित गर्दै कटहरिया ३ विकेटले विजयी भएको थियो । कटहरिया अब सिमिफाईन्लमा प्रवेश गरेको छ ।

error: Content is protected !!