जिल्ला अधिकारी मिश्र र एसपी बुढामगरद्धारा आज उतरी भेगमा निरीक्षण

रबिन्द्र प्रजापति, कटहरिया, माघ २१ गते । जिल्ला प्रशासन कार्यालय रौतहटका जिल्लाम अधिकारी धर्मेन्द्र मिश्र र जिल्ला प्रहरी कार्यालय रौतहतका एसपी बीरबहादुर बुढामगरले आज जिल्लाको उतरी भेगमा रहेको ईलाका प्रहरी कार्यालय र प्रहरी चौकीमा अनुगमन गरेका छन ।
सिडियो मिश्र र एसपी मगरले ईलाका प्रहरी कार्यालय कटहरिया, प्रहरी चौकी भवानीपुर, प्रहरी चौकी हरिनगर, प्रहरी चौकी छेदी चौकमा आज निरीक्षण गरेका छन ।
अनुशासन, प्रहरी आचरण, शान्ति सुरक्षा, अपराध नियन्त्रण तथा अनुसन्धान, अवैध भन्सार चोरी निकासी पैठारी नियन्त्रण, राजस्व चुहावट रोकथाम, आर्थिक अनियमितता, ट्राफिक नियन्त्रण तथा सि. सि. टि. भि. व्यवस्थापन लगायतका विषयमा प्रहरी युनिटहरु लाइ अधिकारी मिश्रले निर्देशन दिएका छन ।
सिडियो र एसपीले सम्पुर्ण प्रहरी कर्मचारीहरु पुर्ण अनुशासित हुन,चेन अफ कमान्ड पालना गर्ने र गराउने,समाजमा अपराध न्युनिकरण तथा शान्ति सुरक्षा गर्ने,सिमा नाकावाट हुने तस्करीहरु नियन्त्रण गर्ने, स्थानिय सुरक्षा निकाय, हरेक स्तरका व्यक्तिको गुनासो सुन्ने, महिला, बालबालिका, विपन्नलाई विशेष प्राथमिक्तमा राख्ने,सामुदायिक कार्यक्रम मार्फत समाजमा जनचेतना फैलाउने,अपराध अनुसन्धान तथा उजुरी छलफलमा विचौलियाको प्रभाव शून्य बनाउने, प्रहरी संगठनको छवि उच्च राख्ने कार्य गर्ने, सुरक्षाका दृष्टिकोणले महत्वपूर्ण स्थानमा सिसिटिभि जडानमा पहल गर्ने कार्यमा सहयोग गर्न ,गराउन सवै लाई निर्देशन दिएका छन । सो क्रममा कटहरिया म्युजिकल एफ एमका प्रबन्ध निर्देशक प्रकाश श्रेष्ठले प्रहरी प्रमुख बुढामगर र जिल्ला अधिकारी मिश्रसंग भेट गरि शान्ति सुरक्षा सम्बन्धमा अगुअत समेत गराएका थिए ।

16 Push 077 final