बिना हेल्मेटको मोटरसाइकल चलाउनेलाई कटहरियाका सई महतोद्धारा कार्यवाही

रबिन्द्र प्रजापति,कटहरिया,माघ २६ गते । ईलाका प्रहरी कार्यालय कटहरियाले आज भोली ट्राफिक नियमलाई उल्लघंन गरि मोटरसाईकल कुदाउने चालकहरुलाई कार्यावाही गर्न थालेको छ ।
रौतहटको कटहरियामा हेल्मेट नलाई ट्राफिक नियमलाई उल्लघंन गर्ने २५ वटा मोटरसाईकल चालकलाई बिहीबार नियन्त्रणमा लिएको छ । ईलाका प्रहरी कार्यालय कटहरियाका सई अशोक कुमार महतोको कमाण्डमा खटिएको टोलीले कार्यालय अगाडी चेक जाँच शनिबार देखि नै सुरु गरेका छन ।
ट्राफिक नियमको पाल्ना नगरि उल्लघंन गरेकोले २५ वटा मोटरसाईकललाई नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय कटहरियाका सई महतोले जानकारी दिएका छन् ।
नियन्त्रणमा लिएको मोटरसाईकल चालकलाई अगामी दिनमा ट्राफिक नियमलाई उल्लघंन नगर्ने गरेपछि कार्यवाही गर्ने सर्तमा समझाई बुझाई मोटरसाईकलको बुलुबुक हेरेर छाडेको कटरियाका सई महतोले जानकारी दिएको हो ।
हेल्मेट लगाई मोटरसाईकल चलाउदा आफुलाई नै सुरक्षित हुने भएकोले अनिवार्य हेल्मेट लगाउन सबैलाइ सई महतोले आग्रह गरेका छन् । गत शनिबार देखि हेल्मेट नलगाउनेहरुलाई नियन्त्रणमा लिए पनि अहिले सम्म ट्राफिक नियमलाई उल्लघंन गरिएको पाईएकोले भोली देखि बिना हेल्मेटको देखा परेकोमा कानुनी प्रक्रियाले कार्यवाही गर्ने चेतावनी समेत दिएका छन ।

16 Push 077 final