छेदी चौकमा अल्पत्र अवस्थामा परेकोे कोल्ड स्टोर्स पुन निर्माण कार्य सञ्चालमा आउने
रबिन्द्र प्रजापति,कटहरिया,फागुन १ गते ।
रौतहटको कटहरिया नगरपालिका वडा नं. २ छेदी चौकमा अल्पत्र अवस्थामा परेकोे कोल्ड स्टोर्स पुन निर्माण कार्य सञ्चालमा आउने भएको छ । कटहरिया नगरपालकाको नगर प्रमुख अजयप्रकाश जयसवालले आईतबार अनुगमन गरेका हो ।
लामो समय देखि बन्द भएको निर्माण कार्यलाई मेयर जयसवालले सञ्चालन गराउन लागेका हो । प्रतिष्ठ धुरिखेल एक्सिस एसिएन जेभिका ठेकेदारलाई निर्माण गर्नका निर्देशन दिनु भएको छ । सो स्थलमा रहेको घर टह्रा हटाउनका लागी मेयरले आग्रह गरेका छन ।
निर्माण कार्य फागुन २ गते मंगलबार देखि सञ्चालमा ल्याउन ठेकेदारलाई निर्देशन दिएका छन ।