कटहरिया प्राथमिक स्वास्थ्य केन्द्रमा अल्ट्रासाउन्ड मेसिनको उद्घाटन

रबिन्द्र प्रजापति,कटहरिया, फागुन १ गते । रौतहटको कटहरियामा सोमबारदेखि अल्ट्रासाउन्ड सञ्चालनमा आएको छ । कटहरिया नगरपालिका वडा नं. ५ कटहरिया प्राथमिक स्वास्थ्य केन्द्रमा अल्ट्रासाउन्ड सञ्चालनमा आएको हो ।
कटहरिया नगरपालिकाका मेयर अजय प्रकाश जयसवालको विशेष पहलमा उक्त अल्ट्रासाउन्ड सञ्चालन भएको हो ।
एक कार्यक्रमका बीच मेयर जयसवाल र उप मेयर रिता देवी यादवले सोमबार उक्त अल्ट्रासाउन्ड उद्घाटन गरेका हुन । मेयर जयसवालले उद्घाटन गरेसँगै मेयर जयसवालको सरिरलाई डा. धर्मेन्द्र पटेलले परिक्षण समेत गरेका हुन ।
नगरवासीको अल्ट्रासाउन्ड चेकजाँच गर्ने उद्देश्यले कटहरियाका मेयर जयसवालले कटहरिया स्वास्थ्य केन्द्रमा अल्ट्रासाउन्ड सञ्चालन गरेका हुन ।
उक्त केन्द्रमा नगरवासीलाई अल्ट्रासाउन्ड चेकजाँच गर्ने र अन्य ठाउँभन्दा एकदमै सस्तोमा उपचार गर्ने व्यवस्था गरिएको मेयर जयसवालले बताए ।
नगरपालिकामा अल्ट्रासाउन्ड मेसिन सञ्चालनमा आएपछि अब कटहरिया नगरवासीलाई अल्ट्रासाउन्ड गराउन बाहिर जानुपर्ने बाध्याता अन्त्य भएको उनले बताए । अब अल्ट्रासाउन्ड लागि बाहिर जानुपर्ने बाध्याता अन्त्य भएको भन्दै नगरवासी समेत निकै खुसी भएका छन् ।
उद्घाटन सँग मेयर जयसवालले प्राथमिक स्वास्थ्य केन्द्रलाई निरिक्षण समेत गरेका हुन । सो उद्घाटन कार्यक्रममा प्राथमिक स्वास्थ्य केन्द्रका डा. अनिल साह, चर्म रोग विषेशज्ञ डा. प्रकाश, लगाएत ब्यक्तिको उपस्थित रहेको थियो ।
प्राथमिक स्वास्थ्य केन्द्रमा रहेका समाग्रीहरुलाई मेयर जयसवालले चेकजाँच समेत गरेका हुन ।

error: Content is protected !!