कटहरियाको भसेडवामाआगलागी, २ लाख बराबारको क्षति

रबिन्द्र प्रजापति,कटहरिया, फागुन १ गते । रौतहटमा आगलागी हुँदा लाखैको क्षति भएको छ । जिल्लाको कटहरिया नगरपालिका वडा नं। १ भसेडवा परस्वनी टोल बस्ने अर्जुन राय यादवको घरमा आगलागी भएको छ ।
घुरबाट आगो सल्गेर आगलागी हुँदा यादवको २ कोठे फुसको घर जलेर नष्ट भएको प्रहरीले जनाएको छ । घरमा आगलागी हुँदा घर भित्र रहेको लताकपडा, खाट, मोबाईल, भाँडाकुँडा, चिरान गरि राखिएको काठ लगाएत अन्य सरसमान गरि २ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ । शसस्त्र प्रहरी बेश क्याम्प पोखरभिण्डा र अस्थाई प्रहरी पोष्ट छेदी चौक र स्यानियको सहयोगमा आगोलाई नियन्त्रणमा लिएको थियो ।

error: Content is protected !!