क्रिकेट खेलाडीलाई मेयर जयसवालले गरे समान

रबिन्द्र प्रजापति,कटहरिया,फागुन ३ गते ।
रौतहटको कटहरिया नगरपालिकाका नगरप्रमुख अजय प्रकाश जयसवालले कटहरियाका खेलाडीहरुलाई बुधवार समान गरेका छन ।
जिल्लाको दुर्गा भगवती गाउँपालिकामा सम्पन्न भएको अध्यक्ष कप जिल्ला स्तरिय नक आउट टि २० क्रिकेट टुर्णामेन्टमा कटहरियाका खेलाडीले दोस्रो स्थान हासिल गरेका थिए । खेलाडीहरुलाइ कटहरिया नगरपालिकाका मेयर जयसवालले टिमहरुलाई खादा ओढाई टिका लगाई सम्मान गरेका छन । गत माघ १९ गतेको फाइनल खेलमा कटहरियाले गरुडा संग पराजित भएका थिए । फाइनलमा पराजित भएका कटहरियाका टिमले दोस्रो स्थान हासिल गरी १५ हजार सहित मेडल र प्रमाण पत्र पाउनु भएको थियो । बुधवार कटहरिया नगरपालिकामा मेयर जयसवालले एक कार्यक्रमका बिच कपतान सञ्जिप अधिकारी, पप्पु गुप्ता, नरेश साह, धिरज पटेल, आतिफ् अस्लम, मधुशुधन जयसवाल, बिकी गुप्ता, जितेन्द्र मली, रौशन गुप्ता, रंजित गुप्तालाई समान गर्नुका साथै धन्यवाद समेत दिएका छन । सोहि बिच मेयर जयसवाललाई कपतान सञ्जिप अधिकारीले १ थान कप हस्तान्तरण गराउनु भयो ।

error: Content is protected !!