कटहरिया नगरपालिकाको सातौ अधिबेशन सम्पन

फागुन १६ गते रौतहट । रौतहट कटहरिया नगरपालिकाको नगर सभाको सातौ अधिबेशन सम्पन भएको छ । कटहरिया नगरपालिकाको सभाहलमा आयोजना गरिएको नगर सभाको सातौ अधिबेशन २०७९ सम्पन गरिएको छ । कटहरिया नगरपालिकाको आयोजनामा गरिएको नगर सभाको सातौ अधिबेशन कार्यक्रमको अध्यक्षता नगर प्रमुख अजय प्रकाश जयसवालले गरेको थियो ।
सो कार्यक्रममा उपप्रमुख रिता देवि यादव लगायत प्रत्येक वार्डको वडाअध्यक्ष,वडासदस्य लगायत कर्मचारीहरुको सहभागिता रहेको थियो । कटहरिया नगरपालिकाको सभाहलमा आयोजित सातौ अधिबेशनको सम्बोधन गर्दै नगर प्रमुख जयसवालले नगरलाई कृषि र स्वास्थ्य तथा शिक्षामा बढि जोड दिने बताए । त्यस्तै कटहरिया नगरपालिकाको प्रमुख प्रशासकिय अधिकृत राम प्रकाश साहले नगरपालिकालाई सभ्य र सुन्दर बनाउन स्थानिय सरकारले बनाएको नियम ऐनकानुन बमोजिम काम गर्दा राम्रो हुने बताउनु भएको थियो । नगरपालिकाका जनप्रतिनिधिहरु अहिले सिकारु अवस्थामा नै रहेको बताउनु भयो । वहाँले भन्नु भयो कि अहिले प्रत्येक नगरपालिका स्थानिय सरकार ऐन २०७४ अनुसार सम्पुर्ण पालिका चलिरहेको बताउनु भएको थियो ।

नगरसभा ,गाउँसभा,जिल्लासभाको कार्य संचालनमा बनेको ऐन जुन मधेश प्रदेश सरकारले ०७७ असोज २५ गते बनाएको हो । यस ऐनबाट नगरसभा संचालन ब्यवस्था गर्ने नियम बनाएको छ । जसको अनुसार बर्षभरिमा गर्ने सिलिङ्गहरुको योजना तथा यस ऐनबाट बर्षभरिमा दुई पटक नगरसभा पनि गर्न सकिन्छ त्यो पनि नियमकानुन अनुसार हुने बताउनु भयो ।

error: Content is protected !!