कटहरियामा छात्रावृतीको रकम वितरण

रबिन्द्र प्रजापति,कटहरिया,फागुन १८ गते ।
रौतहटको कटहरिया नगरपालिका वडा नं. ५ कटहरियामा रहेको श्री जनता मा.बिमा आज छात्र छात्राहरुलाई छात्रावृतीको रकम वितरण गरिएको छ ।
विहीबार कटहरिया नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष सर्फलाल गुप्ता, शिक्षा संयोजक अनिल कुमार निधि, लगाएत मा.बि. का शिक्षहरुको उपस्थितिमा कक्षा २ देखि कक्षा ९ सम्मको दलित छात्र, दलित छात्रा र अन्य सम्पुर्ण छात्राहरुलाई २०७८ को प्राप्त छात्रावृती रकम ४ लाख २३ हजार २ सय र विद्यालयकोषबाट ९ सय ७० थप गरि ४ लाख २४ हजार १७० रुपैयाँ १५ सय ७१ जना छात्रा वितरण गरिएको प्रधानध्यापक गजेन्द्र प्रकाद कुशवाहाले बताए ।
दलित छात्रा २११ दलित छात्र २७७ अन्य छात्रा १०८३ गरि १५ सय ७१ जनालाई २७० को दरले वितरण गरिएको प्रधानध्यापक कुशवाहाले जानकारी दिए ।

error: Content is protected !!