सप्तरीमा रक्सी सेवन गरी सडकमा हंगामा गर्ने प्रहरी जवान निलम्बित, ६ जना पक्राउ

टुडेपाटी-

सप्तरीको राजविराजमा दिउँसै रक्सी खाएर सडकमा हंगामा गर्ने प्रहरी जवान निलम्बित भएका छन् ।
जिल्ला प्रहरी कार्यालय सप्तरीमा कार्यरत्त प्रहरी जवान संजिव कुमार रायलाई निलम्बन गरिएको सप्तरीका प्रहरी प्रवक्ता डिएसपी नरेश कुमार सिंहले जानकारी दिए ।

16 Push 077 final

गत शुक्रबार अपराहन्न ५ बजे उनले रक्सी सेवन गरी नशामा लठ्ठिएर राजविराजस्थित महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पस अगाडी हंगामा गरेका थिए ।

नशामा मातेर सवारी चेकजाँच गर्न थालेपछि स्थानीयले प्रतिवाद गरेका थिए । सो क्रममा विवाद भएको थियो । पछि अर्धनग्न अवस्थामा प्रहरीले सडकमा दौडधुप र जथाभावी बोल्न थालेको भिडियो समाजिक संजालमा भाइरहल भएको थिये ।
प्रहरी जवान रायले आचरण विपरीत काम गरेपछि उनलाई निलम्बन गरिएको हो । उनी सित विवाद तथा दुव्र्यबहार गर्ने घटनामा संलग्न अन्य ६ जना व्यक्तिलाई समेत पक्राउ गरेको डिएसपी सिंहले जानकारी दिए ।