धनुषा प्रहरीको हिरासत फोडेर भागेका महतो पक्राउ

धनुषाको महेन्द्रनगर इलाका प्रहरी कार्यालयको हिरासत फोडेर लामो समयदेखि फरार एक थुनुवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनुषाको मिथिला नगरपालिका ७ का ३६ वर्षीय शंकर महतो छन् ।

उनलाई शनिबार राति ८ बजे पर्साको वीरगञ्ज महानगरपालिका वडा नं. १६ इनर्वास्थित भन्सार हुँदै लुकीछिपी नेपालबाट भारततर्फ भाग्ने क्रममा पक्राउ गरेको धनुषाका प्रहरी प्रवक्ता डिएसपी वेदप्रसाद गौतमले जानकारी दिए ।

माघ १२ गते उनी हातहतियार खरखजाना मुद्दामा मिथिला नगरपालिका २ स्थित नक्टाझिजबाट पक्राउ परेका थिए । गत फागुन १५ गते राति इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरको हिरासत फोडेर ६ जना थुनुवा फरार भएका थिए । जसमध्ये चारजनालाई भागेको एकसाता भित्रै प्रहरीले पक्राउ गरेको थियो । एकजना अझै फरार छन् ।

error: Content is protected !!