दाइजो लिएको कसुरमा नेहाकी पति डा. पंकज पछि ससुरा पनि जेल चलान

छोराको बिहेमा दाइजो लिएको कसुरमा नेहा चौधरीकी ससुरा पनि जेल चलान भएका छन् । महोत्तरीको रामगोपालपुर नगरपालिका ५ का ६० वर्षीय रामप्रवेश चौधरी पुर्पक्षका लागि मंगलबार जलेश्वर कारागार चलान भएका हुन् ।

महोत्तरी जिल्ला अदालतको आदेशमा मंगलबार कारागार पठाइएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । दाईजो लिएको र थप दाईजो नदिँदा घरेलु हिंसा गरेको आरोपमा यसअघि नेहाकी पत्ति डा. पंकज चौधरी जेल चलान भइसकेका छन् ।

महोत्तरीको औरही नगरपालिका–१ की २१ वर्षीया नेहा दाईजोकै निहुमा आफूमाथि घरेलु हिंसा हुने गरेको भन्दै श्रीमान्, सासू, ससुरा र ननदसहित ६ जनामाथि पुस २१ गते मुद्दा दायर गरेकी थिइन् ।

error: Content is protected !!