प्रथमिक स्वास्थ्य केन्द्र कटहरियामा बर्थिङ सेन्टरका लागि सामाग्री हस्तान्तरण

रौतहटको कटहरिया नगरपालिकाले प्राथमिक स्वास्थ्य केन्द्र कटहरियामा रहेको बर्थिङ सेन्टरलाई सामाग्री हस्तान्तरण गरेको छ । बर्थिङ सेन्टरलाई आवश्यक पर्ने सामाग्रीहरु मंगलवार एक कार्यक्रमको आयोजना गरी हस्तान्तरण गरिएको हो ।
प्रसुती गराउन सहज होस् भन्ने उदेश्यले कटहरिया नगरपालिकाको नगर प्रमुख अजय प्रकाश जयसवाल र उप प्रमुख रिता देवी यादवको विशेष पहलमा बर्थिङ सेन्टरका आवश्यक सामाग्रीहरु उपलब्ध गराइएको हो ।

पिएचसि कटहरियामा रहेको बर्थिङ सेन्टरलाई सामाग्री हस्तान्तरण गरिएको मेयर जयसवालले जानकारी दिनुभयो । वन हर्ट वर्ड वाइजको सहयोगमा खरिद गरिएको बर्थिङ सेन्टरका सामाग्री स्वास्थ संयोजक संजय जयसवाल लाई हस्तान्तरण गरिएको छ ।
बर्थिङ सेन्टरमा प्रयोगमा आउने वेबि वार्मर , दराज,इसिजि, डेलीभरी वेड, डेलीभरी गराउने समानहरु लगायतका समानहरु मेयर जयसवाल र उप मेयर यादवले संयुक्त रुपमा हस्तान्तरण गरेका थिए । सो अवसरमा कटहरिया वडा नम्बर ५ का वडा अध्यक्ष सर्फलाल गुप्ता लगायत स्वास्थकर्मीहरुको उपस्थिती रहेको थियो ।
नगरवासीलाइ बर्थिङ सेन्टरमा आउँदा सहयोग होस् भन्ने उदेश्यले पहल गरी उक्त सामाग्रीहरु हस्तान्तरण गरेको मेयर जयसवालले प्रतिक्रिया दिएका छन् ।

error: Content is protected !!