कटहरियामा विपद् व्यवस्थापन प्रतिकार्य योजना सम्बन्धी गोष्ठी सम्पन्न

चैत १ गते,रौतहट । रौतहट जिल्लाको कटहरिया नगरपालिकामा विपद् व्यवस्थापन सम्बन्धी गोष्ठी सम्पन्न भएको छ । सो नगरपालिकाको वडा नम्बर ५ स्थित रहेको नगरपालिकाको सभा कक्षमा एक दिने गोष्ठी सम्पन्न भएको हो । रौतहट जिल्लाका सिमान्तकृत समुदायहरुमा बाल संरक्षण र कल्याण सुनिश्चितता परियोजना अन्तर्गत सो गोष्ठी भएको थियो ।
आरडिसि नेपाल,इस्लामिक रिलिफ आयोजना र कटहरिया नगरपालिकाको समन्वयमा भएको गोष्ठीमा कटहरिया नगरपालिकाका प्रत्येक वडाका वडा अध्यक्ष,वडा सदस्य, जनप्रतिनिधी,कर्मचारीहरु उपस्थिति रहेको थियो ।
गोष्ठीमा प्राकृतिक विपदहरुका कारण, अहिलेका नीतिगत व्यवस्था, पूर्वतयारी, निजी क्षेत्रले निर्वाह गर्नुपर्ने भूमिका, अहिलेका समस्या र चुनौतीका साथै आगामी दिनमा विपद्को समयमा हुन सक्ने जोखिम तथा क्षति न्यूनीकरणको लागि अपनाउनुपर्ने पहल लगायतका विषयमा छलफल तथा अन्तरक्रिया भएको थियो ।
कार्यक्रमको अध्यक्षता नगर प्रमुख अजय प्रकाश जयसवालले गर्नु भएको थियो । सो अवसरमा नगर उपप्रमुख रिता देवी यादव,प्रमुख प्रशासकिय अधिकृत रामप्रकाश साह,वडा नम्बर ८ का वडा अध्यक्ष समिश बिक्रम साह,वडा नम्बर १ का वडा अध्यक्ष भूपेन्द्र महतो,वडा नम्बर ५ का वडा अध्यक्ष सर्फलाल गुप्ता,वडा नम्बर ६ का वडा अध्यक्ष जयराम चौधरी,वडा नम्बर ९ का वडा अध्यक्ष रुपेश यादव लगायतका व्यक्तीहरु सहभागि थिए ।

error: Content is protected !!