विकास निर्माणको कामको लागि बिधायक सुनिल यादवले गरे स्थलगत अनुगमन


चैत १ गते
नेपाली काँग्रेसका जिल्ला सभापति एवम् रौतहट निर्वाचन क्षेत्र नम्बर ३ ख बाट निर्वाचित प्रदेश सांसद सुनिल कुमार यादव उर्फ जितेन्द्रले नेता कार्यकर्ताहरु सँग भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेका छन् । आज आफनो निर्वाचन क्षेत्र अन्तर्गत पर्ने मौलापुर वडा नम्बर ८ र ९ सोनरनिया टोलमा विकास निर्माणको अवस्था बारे बुझन पुगेका थिए ।

बुधबारको छलफल तथा अन्तरक्रिया कार्यक्रममा स्थानिय स्तरमा रहेको समस्या,अति आवश्यक विकास निर्माण सम्बन्धि योजना,भौतिक पूर्वाधार निर्माण तथा अन्य सम सामायिक विषयमा छलफल भएको थियोे ।

साथै वहाँले मौलापुर नगरपालिका वार्ड नम्बर ३ गमहरिया टोलमा अनुगमनको क्रममा छुटेको ठाउँ ठाउँमा नालाको निर्माण गर्ने र पानीको निकास सम्बन्धि स्थानीयहरू सँग बुझेका थिए ।
साथै वहाँले सोनरनियामा दलित समुदायको लागि समुदायिक भवन बनाउने प्रतिबद्धता व्यक्त गर्नु भयो । साथै वहाँले समय माइको मन्दिर बनाइदिने घोषणा समेत गर्नु भएको छ । त्यस्तै दलितको घर बनाउनको लागि प्रदेश सरकार सँग जनता अवास कार्यक्रमको मार्फत बनाइदिन पहल गर्ने आश्वासन दिनु भएको छ।

साथै बिभिन्न वाडामा किसानलाई खेति गर्नको लागि कृषि पोल तार,स्टेट बोरिङको व्यवस्था गर्न पहल गर्ने वाचा गर्नु भयो ।

साथै स्थानिय द्धारा उठाइएका विकास निर्माणको काममा आफनो तर्फबाट यथासिघ्र पहल गर्ने आश्वासन प्रदेश सांसद यादवले दिनु भएको थियो ।

error: Content is protected !!