आज चैते दशैंको घटस्थापन मनाईदै

रबिन्द्र प्रजापति,कटहरिया,चैत ०८ गते ।
आज चैते दशैंको घटस्थापन देशका बिभिन्न ठाउमारहेको शक्ती पिठमा दर्शनार्थीहरुले घटस्थापन गरिदैं छ ।
यसै बिच रौतहटको चर्चित बजारको रुपमा जानिने कटहरियामा चैते दशैंको उपलक्ष्यमा आयोजना गरिएको दुर्गा पुजामा कलश यात्रा कार्यक्रम संम्पन भएको छ ।
कटहरियामा रहेको बौधीमाई मन्दिरको प्राङ्गनबाट निकालिएको कलश यात्रा लालबकैया खोलाबाट जल बोझेर पुजा स्थलमा आएर घटस्थापन गरिएको छ ।
करिब सयौको संख्यामा गएका कुमारी र विवाहीत महिलाहरुले खोलाबाट जल बोझेर पुजा स्थलमा आएका थिए ।
कटहरियामा हरेक वर्ष झै यस बर्ष पनि चैते दुर्गा मेला लागेका छन ।
जिल्लाको चर्चित बजार कटहरियामा लामो समय देखि स्थानिएहरुले चन्दा असुलि गरेर मेलाको आयोजना गरिदै आएको मेला समितिकाले जानकारी दिनु भयो ।
कटहरियामा बर्षमा दुइ पलट हुने दुर्गा पुजा असोज र चैत महिनामा हुदै आईरहेका मेला समितिले जनाएको छ ।

error: Content is protected !!