कटहरिया नगरपालिकामा छिट्टै जग्गाको वर्गीकरणको काम सम्पन्न हुने

चैत १६ गते रौतहट ।
रौतहट जिल्लाको कटहरिया नगरपालिकामा छिट्टै जग्गाको वर्गीकरणको काम सम्पन्न हुने भएको छ । त्यसको लागि स्थानीय भू उपयोग परिषदको प्रारम्भिक बैठक सम्पन्न भएको हो ।
नगर प्रमुख अजय प्रकाश जयसवालको अध्यक्षतामा बैठक बसेको थियो । बैठक बाट नगरभरिका सबै वडा अध्यक्षहरू लाई एक हप्ता भित्र आ-आफनो वडा जग्गाको वर्गीकरण गरि प्रतिवेदन पेश गर्न अनुरोध गरिएको छ ।

वर्गीकरणको प्रतिवेदन आईसकेपछि छिट्टै किटाकाट लगायतका काम सुचारू हुने नि।प्रमुख प्रशासकीय अधिकृत रामप्रकाश साहले जानकारी गराउनु भयो ।

सरकारले गत मङ्सिर २२ गतेसम्म जग्गाको वर्गीकरण गरिसक्न सबै स्थानीय तहलाई परिपत्र गरेको थियो । जग्गाको वर्गीकरण भएपछि अब जग्गाको कित्ताकाटसमेत सुरु हुने छ। कटहरिया नगरपालिकाले जग्गाको वर्गीकरण समयमै नगर्दा लामो समयसम्म कित्ताकाट रोखिएको थियो।

बैठक पछि प्रतिक्रिया दिदै नगर प्रमुख अजय प्रकाश जयसवालले जनताको समस्या बुझदै जग्गा वर्गीकरण जति सक्दो चाँडो सकाउने प्रयासमा आफूहरू रहेको बताउनु भयो । कटहरिया नगरवासीको लागि जग्गा वर्गीकरणको काम भएपछि छिट्टै किताकाट,अंशवण्डा लगायतको काम सुरु हुने जानकारी गराउनु भयो । तर केहि व्यक्तिहरू तथ्यहीन र भ्रामक कुराहरू सामाजिक संजाल फेसबुकमा लेखिरहेकोले त्यस्ता कुराहरूको पछाडि नलाग्न नगरवासीलाई आग्रह गर्नु भयो । जनताले समयमा सेवा सुविधा पाउनु पर्नेमा कटहरिया नगरपालिका कटिबद्ध रहेको बताए ।

रौतहटको १८ स्थानीय तहमध्ये आठ तहले जग्गाको वर्गीकरण गरेका छन् । त्यो पनि कृषि र गैर कृषि गरि दुई क्षेत्रमा वर्गीकरण गरेको हो । बाँकि १० वटा स्थानीय तहले जग्गा वर्गीकरण गर्न सकेका छैनन् । गुजरा नगरपालिकाले १० वटै क्षेत्रमा जग्गा वर्गीकरण गरेर पठाइसकेको छ ।

error: Content is protected !!