फतुवा विजयपुर प्रहरी कार्यालयमा जिल्ला अधिकारी मिश्रद्धारा मन्दिरको शिलान्यास

रबिन्द्र प्रजापति,कटहरिया,चैत १६ गते ।
रौतहटको उत्तरी भेग फतुवा विजयपुर नगरपालिकामा रहेको ईलाका प्रहरी कार्यालयमा दुर्गा भगवती मन्दिरको शिलान्यास गरिएको छ । एक कार्याक्रमका बिच रौतहटका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले शिलान्यास गर्नु भयो । लामो समय देखि सो ईलाका प्रहरी कार्यालयमा दुर्गा भगवतीको मन्दिर नहुँदा पुजापाठ गर्न समस्या हुदै आएको थियो ।

त्यसकै मध्य नजर गरि नगरपालिकाले मन्दिर निर्माण गराउन लागेको हो । नगर स्तरीय योजनाबाट ११ लाख ५० हजार रुपैयाँ छुट्टयाईएको छ । जसको निर्माण कार्य यसै आर्थिक वर्ष २०८९÷८० मा निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य रहेको ईलाका प्रहरी कार्यालय फतुवा विजयपुरका प्रहरी निरिक्षक अरबिन्द कुमार साहले जानकारी दिनु भयो ।

शिलान्यास पछि रौतहट जिल्लाका प्रमुख जिल्ला अधिकारी ९सिडियो० मिश्रले ईप्रका फतुवा विजयपुर अन्तर्गतको क्षेत्रहरूको शान्ति सुरक्षाको बारेमा जानकारी लिनु भएको थियो । साथै जनप्रतिनिधिहरुसँग छलफल तथा अन्तरक्रिया समेत गर्नु भएको थियो ।

सो अवसरमा रौतहटका प्रहरी प्रमुख ९एसपी० बिरबहादुर बुढामगर, सशस्त्र प्रहरी प्रमुख माधव रेगमि, अनुसन्धान विभाग रौतहटका प्रमुख चन्दन झा, फतुवा विजयपुर नगरपालिकाका कार्यवाहक नगर प्रमुख अम्बेया खातुन, वडा नम्बर २ का वडा अध्यक्ष अनिरुद्व प्रसाद यादव ९संजय०, वडा नम्बर ८ का वडा अध्यक्ष नितेश चौधरी, वडा नम्बर ९ का वडा अध्यक्ष राकेश कुमार यादव लगायत सबै वडाका वडा अध्यक्ष राजनैतिक दलका प्रतिनिधि बुद्धिजिवी लगायत स्थानीय भद्रभलादमीहरूको उपस्थिति रहेको थियो ।

error: Content is protected !!