मेयरको ठाउँमा एसईईको परीक्षा दिने नक्कली परीक्षार्थी रौतहटबाट पक्राउ

चैत १९ गते रौतहट ।
रौतहटमा मेयरको ठाउँमा एसईईको परीक्षा दिने नक्कली परीक्षार्थी पक्राउ परेका छन् ।
नेकपा एमालेबाट देवाही गोनाही नगरपालिकाको नगरप्रमुखमा निर्वाचित भएका प्रेमलाल साह कानुको सट्टामा एसइए परिक्षा दिदै गरेका गरुडा ६ पोठियाहीका कमल साहलाइ पक्राउ गरिएका छन् । मौलापुर नगरपालिकाको लक्ष्मीनिया माविमा संचालन भइरहेको एसइइ परिक्षामा नियमित तर्फ सिम्बोल नं. ३५०३७२८ का विद्यार्थी कानुको सट्टामा परिक्षा दिइरहेका साहलाई परिक्षा अनुगमन गर्न गएको टोलीले पक्राउ गरेको जनाएको छ ।
परिक्षा संचालन भएको अवस्थामा अनुगमन टोलीलाई विद्यार्थी प्रति शंका लागेर चेकजाच गर्दा साह पक्राउ परेका हुन ।
स्मरणीय छ की, एसईइ परिक्षालाई मर्यादित, अनुशासित एवं शान्तिपूर्ण वातावरणमा सम्पन्न गराउने दायित्व स्थानिय सरकार प्रमुख देखि लिएर विभिन्न निकायको रहेको भएपनि नक्कली परिक्षार्थी खडा गरेर परिक्षा दिन लगाउने स्थानीय सरकार प्रमुख कानु विरुद्ध हदै सम्मको कारवाही हुनुपर्ने रौतहटबासीको माग रहेको छ । यसबाट आउने दिनमा हुने परिक्षा मर्यादित हुने विश्वास छ ।
पक्राउ परेका साह मेयरका ज्वाइ रहेको स्रोतको भनाइ छ । पक्राउ परेका युवक इन्जिनियर हुन् ।

error: Content is protected !!