बारामा मालपोत कार्यालयका खरिदारसहित दुई जना पक्राउ

चैत २० गते बारा ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले मालपोत कार्यालय बाराका खरिदारसहित दुई जनालाई घुस रकमसहित पक्राउ गरेको छ ।
आइतवार आयोगको हेटौँडामा रहेको कार्यालयबाट खटेको टोलीले १५ हजार रुपैयाँ घुससहित मालपोत कार्यालय बारामा पक्राउ परेको हो ।
रजिस्ट्रेशन फाँटका खरिदार रामविश्वास साह र लेखापढी सहयोगी गौरीशंकर कुशवाहालाई पक्राउ गरेको हो । जग्गा रजिस्ट्रेशन पास गराइदिने भन्दै खरिदार साहले घुस रकम लिएको अख्तियारले जनाएको छ ।
घुससहित मालपोत कार्यालय परिसर नजिकै रहेको पसलबाट पक्राउ परेका साह र कुशवाहमाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

error: Content is protected !!