जबरजस्ती करणी गरेको आरोपमा एक जना भारतीय पक्राउ
चैत २६ गते रौतहट ।
रौतहटमा नाबालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक भारतीय नागरिक पक्राउ परेका छन्।
जिल्लाको कटहरिया नगरपालिका स्थित कटहरिया बजारबाट जबरजस्ती करणी गर्ने भारत बिहार घोडासहन बजार घर भएका ३० वर्षीय धर्मेन्द्र साह सोनार रहेको ईलाका प्रहरी कार्यालय कटहरियाले जनाएको छ ।
आरोपी सोनारको ससुराली कटहरीया बजारको छेउमै रहेको छ। शनिबार उनी ससुराली कटहरीया आएका थिए । ससुरालीको छिमेकीको घरका अभिभावक महिला पुरुष बाहिर भएको मौका छोपी दिउँसो करिब साढे २ बजे एकजना ८ वर्षीया बालिकाको मुख थुनेर धर्मेन्द्र साहले जबरजस्ती करणी गरी फरार भएका थिए ।
पीडित बालिका रोईकराई गर्दै घटनाबारे आफ्नो काका र काकीलाई सुनाउँदा काकाले भाग्दै गरेका सोनारलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय कटहरीयाको जिम्मा लगाएका थिए।
इलाका प्रहरी कार्यालय कटहरीयाका प्रमुख सई अशोक कुमार महतोले बलात्कारका आरोपी भारतीय नागरिक सोनारलाई नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागि इलाका प्रहरी कार्यालय गरुडा पठाइएको बताए ।