गोली हानी हत्या गरेको आशंकामा गढिमाईबाट १६ जना पक्राउ

बैशाख ०३ गते रौतहट ।
रौतहटमा शनिबार गोली चलाएको घटनामा प्रहरीले गढिमाईबाट १६ जनालाई नियन्त्रणमा लिएको छ ।
शनिबार बाटो विस्तार गर्ने बिषयमा बिवाद हुँदा गढीमाई नगरपालिका वडा नम्बर ८ धोबिनियाका ५० वर्षीय रामकुमार राय यादवको गोली लागेर मृत्यु भएको थियो ।
धोबिनिया टोलको साँघुरो बाटोलाई गढीमाई नगरपालिकाले चौडाइ गर्ने क्रममा स्थानीयबीच विवाद हुँदा घटना भएको प्रहरीले जनाएको छ ।
सो घटनामा संलग्न भएको आरोपमा प्रहरीले १६ जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
घटनामा संलग्न रहेको आरोपमा स्थानीय रामसेवक राय, लालबाबु यादव, दिनेश यादव, मिथिलेश यादव, विनेश यादव, बच्चा गिरी, श्याम यादव, प्रदीप यादव, उमेश यादव लगायत १६ जना पक्राउ परेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डीएसपी) उमाशंकर यादवले जानकारी दिएका छन ।
उक्त घटनामा निरन्जन राय यादव, प्रताप यादवसहित ४ जना घाइते भएका थिए । बाटो विस्तार गर्ने क्रममा बाटो छेउका रामइश्वर राय र राजकुमार यादव पक्षबीच विवाद हुँदै आएको थियो । दुबै पक्षले आफ्नो जग्गा बाटोमा पर्न नहुने भन्दै विगत केही दिनदेखि विवाद गर्दै आएका थिए ।
मृतक यादवको शव नारायणी अस्पतालमा पोष्टमार्टम भईरहेको भएपनि दोषिलाई नसमाते सम्म परिवारले शव बुझ्न मानेको छैनन । उनको शव नारायणी अस्पतालमै राखिएको छ ।

error: Content is protected !!