प्रदेशमा भष्टाचार नियन्त्रण गर्नु पर्नेमा मुख्यमन्त्री यादवको जोड

रौतहट,२० बैशाख । रौतहट जिल्लाको चन्द्रनिगाहपुरमा मधेश प्रदेश संचार सम्मेलन सम्पन्न भएको छ ।
सम्मेलनको उद्घाटन गर्दै मधेश प्रदेश सरकारका मुख्यमन्त्री सरोज कुमार यादवले मधेश प्रदेशको विकास गर्न र भ्रष्टाचार नियन्त्रण गर्न जरुरी रहेको बताएका छन् ।
रौतहटको चन्द्रपुरस्थित चन्द्रनिगाहपुरमा आयोजित मधेश प्रदेश संचार सम्मेलनमा संम्वोधन गर्दै मुख्य मन्त्री यादवले मधेश प्रदेशको विकास गर्न र भ्रष्टाचार नियन्त्रण गर्न एकदमै अनिवार्य रहेको बताए ।
संचारकर्मी र संचारमाध्यमका लागि हित र अनुकुल  ऐन तथा कानुन पनि निर्माणमा प्रदेश सरकार लागि परेको मुख्यमन्त्री यादवले  धारणा ब्यक्त गरे ।
पत्रकारका समस्या आफुले बुझेको जनाउँदै मुख्यमन्त्री यादवले  प्रदेशमा संचारकर्मीलाई सहयोग गर्न अक्षयकोषका लागि एक करोड रुपैयाँ माथिको सहयोग राशी आँउदो वर्षमा उपलव्ध गराउने बताए ।
मुख्यमन्त्री सरोज यादवको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रमा विभिन्न संचार माध्यममा काम गरेका पुराना पत्रकारहरुलाई सम्मान गरिएको छ ।
  कार्यक्रममा रौतहट क्षेत्र नं- ४ का संघिय सांसद देवप्रसाद तिमल्सिना,प्रदेश सांसद युवराज भट्टराई, कनिस पटेल लगाएत  विभिन्न दलका नेताहरु ले धारणा राखेका छन ।
सम्मेलनमा पत्रकार पेशालाई मर्यादित वनाउनेतर्फ ध्यान दिन वक्ताहरुले जोड दिएका छन ।
नेपाल पत्रकार महासंघ मधेस प्रदेश तथा रौतहट शाखाको समन्वयमा आयोजनामा भएको उक्त कार्यक्रममा प्रदेशका ८ वटै जिल्लाका अध्यक्ष तथा २ पत्रकार महिला सहित ६-६ जनाको सहभागि  थियो ।
कार्यक्रममा चन्द्रपुर नगरपालिकाका प्रमुख सन्जय काप्ले,नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव दीपेन्द्र चौहान,केन्द्रीय सदस्यद्वय शिवपुरी, केसि लामिछाने,मधेस प्रदेश अध्यक्ष राजेश कर्ण, महासचिव श्याम बन्जरा, प्रेस चौतारीका मधेश प्रदेश अध्यक्ष फणि महत ,महासघका प्रदेशका जिल्ला अध्यक्ष हरु को सहभागिता रहेको थियो ।
कार्यक्रममा अग्रज संचारकर्मी सुचनाको हकका ज्ञाता, तारानाथ दाहालले मधेश प्रदेशमा संचार कानुनको अवस्था र संचारकर्मीको अवस्था बारेमा अवधारणा पत्र प्रस्तुत गरेका छन ।
यसै बिच राैतहटकाे चन्द्रपुरमा बिहान नेपाल पत्रकार महासङ्घ मधेस प्रदेशकाे आयाेजना र नेपाल पत्रकार महासंघ राैतहट शाखाकाे व्यवस्थापनमा प्रभातफेरी कार्यक्रम सम्पन्न गरिएकाे छ ।

16 Push 077 final


प्रभातफेरि मुख्य चाैकमा काेणसभामा परिणत भएको थियाे । संसारभर प्रेस स्वतन्त्रताको महत्त्वका बारेमा चर्चा गरिँदै याे दिवस मनाइँदै छ । नेपालमा पनि यस दिवसको अवसरमा विभिन्न कार्यक्रमको आयोजना गरि मनाउने गरीन्छ ।
काेणसभालाई सम्बाेधन गर्दै नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष एवम् सूचनाकाे हक सम्बन्धिका अगुवा तारानाथ दाहालले प्रेस स्वतन्त्रता दिवसको अवसरमा सम्पुर्ण श्रमजिवि पत्रकारहरुलाइ शुभकामना दिदै विश्व प्रेस स्वतन्त्रता कायम भए देखि हालसम्मको अवस्था बारे जानकारी दिए ।
दाहालले विश्व प्रेस स्वतन्त्रता सम्बन्धी मुलभुत तीन कुरा रहेको मा पहिलो पत्रकारितामा क्षेत्रमा काम गर्ने क्रममा विभिन्न कालखण्डमा ज्यान गुमाएका तथा घाइते भएका पत्रकारहरुलाई सम्मान गर्ने ।
दोस्रो आफ्नो कार्यक्षेत्र अन्तर्गत सक्रिय भइ कार्यरत हुँदा समय  पक्राउ परि कारागारमा बन्धक बनेका ३ सय ३५ जना पत्रकारहरुलाई रिहाईको लागि पहल गर्ने र तेस्रो पत्रकारितामा विश्वसनीयता सबभन्दा महत्वपूर्ण हुने भएकोले यस क्षेत्रमा कहिले काही सत्य लुक्ने तथा तथ्य छुट्ने जस्ता समस्या परेको हुदा यस्ता विषय बस्तुमा विशेष रुपमा ध्यान दिई आफ्नो कार्यक्षेत्रमा अगाडी बढन आग्रह गरे ।
स्मरणीय हाेस् युनेस्कोको आयोजनामा अफ्रिकी राष्ट्र नामिबियाको विन्डहक सहरमा भएको पत्रकारहरूको सम्मेलनले ‘बहुलवादी र स्वतन्त्र प्रेसको लागि विण्डहक घोषणापत्र’ जारी गरेको थियो ।
त्यही सम्झनामा सन् १९९३ देखि संयुक्त राष्ट्रसङ्घले यो दिवस मनाउने निर्णय गरेको थियो । सभार कलम पाटी