रौतहटको कटहरियामा सर्प दन्त उपचार केन्द्रको उदघाटन सम्पन्न

रबिन्द्र प्रजापति,कटहरिया,वैशाख २५ गते ।
रौतहटको कटहरियामा नगर प्रमुख अजय प्रकाश जयवाल र उपप्रमुख रिता देवी यादवले सर्प दन्त उपचार केन्द्र संयुक्त रुपमा उदघाटन गरेको छ ।
सोमबारका दिन एक कार्यक्रमका बिच नगर प्रमुख जयसवाल र उपप्रमुख यादवले संयुक्त रुपमा वडा नं। ५ स्थित रहेको कटहरिया प्राथमिक स्वास्थ्य केन्द्रमा सर्प दन्त उपचार केन्द्र उदघाटन गर्नु भएको हो ।
वडा नं।५ का वडा अध्यक्ष सर्फलाल गुप्ताको अध्यक्षतामा भएको कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख जयसवालले अब सर्प दन्तका बिरामीहरुको लागि गौर चपुर जानु पर्ने बाध्यता अन्तय भएको बताउनु भयो ।


मेयर जयसवालले पहिला जिल्लाको दुईवटा ठाँउमा मात्र हुने गरेको यो उपचार अब यसै नगरपालिकाको वडा नं।५ शुरु भएको हुनाले यहाँका जनताको लागि गौरवको बिषय भएको बताउनु भयो ।
जिल्लाको मध्यभागमा र्सप दन्त संचालन भएपछि अगलबगलका पालिकाका नागरिकहरुले पनि बिषेश लाभ लिन सकिने बताए।


नगर प्रमुख जयसवालले चुनावको बेला जनता संग गरेको बाचालाई मध्य नजर गर्दै सो सेवा केन्द्र संचालनमा ल्याईएको बताए ।
र्सप दन्त नहुदा यहाँका जनताहरुले अकालमै ज्याान गुमाउनु पर्ने बाध्याता थियो तर अबै त्यसलाई सहज बनाएको हो ।
नगर बासीको ज्यु ज्यान रक्षा गर्न आफनो दायित्व रहेको भन्दै सोही अनुरुप कार्य गरिएको नगर प्रमुख जयसवालले बताउनु भयो ।
कटहरिया नगरपालिकामा नयाँ युवा मेयर निर्वाचित भएपछि बिकाश निमार्ण कार्य लिएर शिक्षा स्वास्थ्यको कार्यलाई बिषेश प्राथमितामा राखेर काम गर्दै आईरहेको नगरबासीले बताएका छन ।
त्यस्तै कटहरिया प्राथमिक स्वास्थ्य केन्द्रको लागि ल्याबको ब्यवस्था मिलाईएको र जहाँ थाईराइड बाहेक बिपी, एल एफटी, आर एफटी, सुगर,ईको ईसिजी, लगाएत सबै किसिमका चेक जाँच भईरहेको बताउनु भयो ।
उक्त उदघाटन कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत रामप्रकाश साह, वडा नं। ८ का वडा अध्यक्ष समिश विक्रम साह, बालमिकि यादव, प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख धर्मेन्द्र कुमार पटेल, स्वास्थ्य सह संयोजक दिनेश प्रसाद यादव, स्वास्थ्य प्रमुख संजय जयसवाल, संजिता सराफ, राकेश साह, उमानन्द प्रसाद, विनोध, प्रसाद गुप्ता, लगाएत ब्यक्तिको उपस्थिती रहेको थियो ।

error: Content is protected !!