वौद्धिमाई खबर
रौतहट २७ बैशाख
बाराको महागढीमाईमा विवाहमा पहुनाहरुलाई राम्रोसँग स्वागत नगरेको भन्दै भाग्न लागेको भारतीय बेहुला र उनका बुबालाई बारा प्रहरीले पक्राउ गरेको छ ।
( ब्मखभचतष्कझभलत (
प्रहरीले बेहुला भारत जिल्ला पूर्वी चम्पारण ग्राम पञ्चायत कथवलिया सुगौली बस्ने २३ बर्षिय शशीकुमार चौरसिया र उनका बुबा ४६ बर्षिय श्यामकान्त भगतलाई पक्राउ गरेको हो ।
आइतबार राति बेहुला शशिको बिबाह बाराको महागढीमाई नगरपालिका–६ बबुआईन बस्ने कालिचरण प्रसाद चौरसियाको छोरीसँग हुने तय थियो । राति भारतबाट जन्ती लिएर आएका बेहुलाले जन्तीमा आएका पाहुनाहरुलाई बेहुली पक्षले भनेअनुरुप चलनचन्तिको राम्रोसँग स्वागत सत्कार नगरेको भन्दै बिहे नगर्ने भनि स्टेजबाट भाग्न लागे त्यसपछि सुरु भयो विवाद ।
विवाद बढ्दै गएपछि हातपात हुन थाल्यो । उनीहरू जन्तीसहित कालीचरणप्रसाद चौरसियाकी २१ वर्षीया छोरीसित विवाह गर्न आएका थिए । वरमाला हुने स्वयम्बर ९स्टेज० को सजावट राम्रो नभएको र जन्तीहरूको सेवा–सत्कार राम्रो नभएको भन्दै बेहुला स्वयम्बरबाट हिँड्न खोजेपछि बेहुली र बेहुलाका बाबुबीच विवाद बढेर कुटाकुटको अवस्थासम्म सिर्जना भएको थियो ।
सोहीक्रममा बेहुलाका बुबा श्यामकान्त भगतले बेहुलीका बुबालाई विभिन्न किसिमको अश्लील शब्दहरु प्रयोग गरी हातपातसमेत गर्न खोजेको र बिहे नगर्ने भनि बेहुला भाग्न खोजेपछि विवाह मण्डपमा पुगेको प्रहरीले बेहुला र उनका बुबालाई पक्राउ गरेको बाराका प्रहरी प्रवक्ता डिएसपी पुरुषोत्तम पाण्डेले जानकारी दिए ।
पक्राउ परेका बेहुला र उनका बुबाउपर अभद्र व्यवहारसम्बन्धी मुद्दा दर्ता गरी जिल्ला प्रशासन कार्यालय कलैयाबाट १० दिनको म्याद थप गरी अनुसन्धान कार्य भइरहेको पाण्डेले बताए ।