देवाहीगोनाहीको टिकुलिया चौक मा रहेका पसलमा आगजनी

रौतहटमा हिज दिउँसो ३ः३० बजेको समयमा आगलगीको घटना घटेको छ । जिल्लाको देवाही गोनाही नगरपालिका वडा नम्बर ५ टिकुलिया स्थित रहेको नारायण चौकमा दुइ वटा खाजा पसलमा आगजनी भएको छ । विद्युत सर्ट भइ जिल्लाको मौलापुर–देवाहीगोनाही सडक खण्डको टिकुलिया जाने बाटोमा रहेको दुई वटा पसलमा आगलागी भएको छ । आगलागीबाट दुवै पसलमा पूर्ण रूपमा क्षति पुगेको छ ।

स्थानिय नारायण साहको फुसको पसलमा आगलागि हुँदा त्यसमा रहेको पेय पदार्थ लगायत विभिन्न सामानहरु जलेर पूर्ण रुपमा नष्ट भएको छ । आगलागि बाट करिब १ लाख ५० बराबरको क्षती भएको पिडित बताएको हो । त्यस्तै स्थानिय पसले संजय साहको एलबेस्टरले छाएको घरमा आगलागि हुँदा बियर,डिउ लगायतका पेय पदार्थगरी पसलमा रहेको विभिन्न सामानगरी करिब २ लाख २३ हजार भन्दा बढी मूल्य बराबरको क्षती भएको पिडितले बताएको हो ।

16 Push 077 final

आगलागी भएको खबर पाएपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली पुगेर आगो निभाएको थियो । अहिले चर्को गर्मीको मौसम भएकोले विद्युत सर्ट भई जतिखेर नै आगलागी हुन सक्ने भएकोले सबैले सचेत रहन जानकारहरुले सुझाव दिएका छन्