नेपाली काँग्रेसका मधेश प्रदेश सभापती कृष्णा प्रसाद यादवले अगनि पिडितको घर निर्माणको लागि गरे शिलान्यास

नेपाली काँग्रेसकारौतहट जिल्लको माधवनारायण नगरपालिकामा आगलागी पिडितको घर निर्माणको लागि शिलान्यास गरिएको छ । सो नगरपालिका वडा नम्बर ४ मानपुरमा आगलागीबाट पीडित परिवारहरुको घर निर्माण हुने भएको छ । त्यसको लागि नेपाली काँग्रेसका मधेश प्रदेश सभापती एवम् प्रदेश सांसद कृष्णा प्रसाद यादवले शिलान्यास गर्नु भएको हो । मानपुर टोल आगलागीबाट पीडित १७ घरपरिवारले नयाँ घर पाउने भएका छन् ।

घर निर्माणको लागि आज पहिलो चरणमा ११ हजारको दरले आर्थिक सहयोग गरिएको हो । प्रदेश सांसद यादवको विशेष पहलमा मधेस एसोसिएसन इन अमेरिकाको आर्थिक सहयोग तथा माण्डवी संस्थाको आयोजनामा आगलागी पिडित परिवारको घर निर्माण गर्न तत्काल ११ हजार नगद सहयोग गरिएको छ ।

16 Push 077 final

पछी घर निर्माण गर्दै जादा रु। ५० हजार को दरले किस्ता स्वरुप सहयोग गर्ने माण्डवी नेपालकी कार्यकारी अध्यक्ष अन्जु झाले जानकारी गराएकी हुन् । सो अवसरमा माधवनारायण नगरपालिकाका नगर प्रमुख बैजनाथ प्रसाद यादव लगायत स्थानिय भद्रभलादमीहरुको उपस्थिती रहेको थियो । मधेश प्रदेश सभापती कृष्णा प्रसाद यादवले अगनि पिडितको घर निर्माणको लागि गरे शिलान्यास