कटहरियामा दलित, सुकुम्बासि भुमिहिन शुरु

जेठ १३ गते ।
कटहयिा नगरपालिकामा दलित, सुकुम्बासि भुमिहिन कार्यक्रम शुरु भएको छ । शुक्रबार देखि सो कार्यक्रम शुरु भएको कटहरिया नगरपालिकाको नगर प्रमुख अजय प्रकाश जयसवालले जानकारी दिनु भयो ।
समुदाईक आत्मनिर्भर सेवा केन्द्र केन्द्र काठमाण्डौं र पिपुल इन निडको प्राबिधिको सहयोगमा कटहरिया नगरपालिकामा संचालित दिगो समाधान परियोजनाको सहजिकरणमा कटहरिया नगरपालिका अन्तरगत रहेको भुमिहिन दलित भुमिहिन सुकुम्बासिहरुलाई कटहरिया नगरपालिकाको नगरप्रमुख अजय प्रकाश जयसवालको अध्यक्षतामा सो भुमिहिन कार्यक्रम सम्पन्न भएको छ ।
सो कार्यक्रमको विसिष्ट सो कटहरिया नगरपालिकाकी उप प्रमुख रिता देवी यादव रहनु भएको थियो ।
उप प्रमुख रिता देवी यादवद्धारा भुमिहिन दलित भुमिहिन सुकुम्बासि आबेदन फारम दार्ता गराएकाहरुका मध्य छनौट गरि निस्सा प्रमाण पत्रको अधारमा राष्ट्रिय भुमिहिन, दलित भुमिहिन सुकुम्बासिहरुलाई जग्गा उपलब्ध गराउने मेयर जयसवालले बताउनु भयो ।
उक्त निस्सा वितरण कटहरिया नगरपालिका वडा नं. ५ बाट शुरु भरिएको मेयर जयसवालले जानकारि दिनु भयो । नौ वटै वडाहरुमा करिब भुमिहिन सुकुम्बासि ३ सय ३ र दलित भुमिहिनमा ४ सय ६२ जना गरि जम्म ७ सय ६५ जनाको घर रहेको छ ।
७ सय ६५ घर परिवारलाई निस्सा प्रमाण पत्र वितरण गर्ने योजना रहेको नगर प्रमुख जयसवालले बताउनु भयो । संचालन वितरण कार्यक्रममा कार्यक्रमका सहजिकरण दिगो समाधान कार्यक्रमको अधिकृत ओमप्रकाश राम रहनु भएको थियो ।
सो कार्यक्रममा सो नगरपालिकाको वडा अध्यक्ष कार्यपालिका सदस्य जनप्रतिनिधि लगाएत ब्यक्रिहरुको उपस्थिति रहेको थियो ।

error: Content is protected !!