नक्कली नोट कारोबार मधेश प्रदेशमा बढ्यो

रबिन्द्र प्रजापति जेष्ठ ५गते

मधेश प्रदेशमा नक्कली नोटको कारोबार बढेको छ ।

मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरका अनुसार गत साउनदेखिको ९ महिना मा नक्कली नोट कारोबारसम्बन्धी ३१ वटा घटना भएको छ । तीमध्ये रौतहटमा ११ वटा, सर्लाहीमा ६ वटा, सिरहामा ४ वटा, पर्सा र महोत्तरीमा ३–३ वटा बारामा २ वटा तथा धनुषा–सप्तरीमा १–१ घटना भएका छन्।

प्रहरीले यस घटनाहरुमा ३५ जनाभन्दा बढीजनालाई पक्राउ गरेको छ ।

प्रहरीले यस ९ महिनाको अवधिमा २६ लाख ४८ हजार ४ सय रुपैयाँ नेपाली नक्कली नोट, मेसिनहरू र नोट छाप्न प्रयोग हुने ९९ बण्डल कागज बरामद गरेको प्रदेश प्रहरी कार्यालय, जनकपुरले जनाए /

आर्थिक वर्ष २०७८/७९ मा प्रदेशका ८ वटै जिल्लाबाट २९ लाख ३४ हजार ९२० रुपैयाँ नेपाली नक्कली नोट र ३ लाख ७८ हजार ९७० रुपैयाँ भारतीय नक्कली नोट बरामद गरेको थियो ।

error: Content is protected !!