जनकपुरबाट काठमाडौंका लागि उड्न लागेको विमानमा मुसा फेला परेपछि विमान स्थगित

काठमाडौं, जेठ ६ गते ।

जनकपुरधामबाट काठमाडौं उड्न लागेको विमानमा मुसा भेटिएपछि उडान स्थगित भएको छ ।

आज बिहान जनकपुरधामबाट काठमाडौं उड्न लागेको बुद्ध एयरको विमानमा मुसा देखेपछि उडान स्थगित भएको हो । 

नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले बुद्ध एयरको विमानमा मुसा देखिएको पुष्टि गरे  । ४९ जना यात्रुको बोडिङ भइसकेपछि जहाजमा मुसा देखिएको हो । 

काठमाडौंबाट अर्को विमानमा इन्जिनियर गएर विमानको परिक्षण गरेपछि मात्रै उडान गर्ने प्राधिकरणले जनाएको छ ।

error: Content is protected !!