रौतहटमा छुरा प्रहार गरी एकजनाको हत्या 

रबिन्द्र प्रजापति जेष्ठ ६ गते

मधेश प्रदेशको रौतहटमा छुरा प्रहार गरी एकजनाको हत्या भएको छ ।
गौर नगरपालिका ७ सिसवा टोलका ४५ वर्षीय यार महम्मद खानको गए राति छुरा प्रहार गरी हत्या भएको हो ।

राति १० बजेतिर घर नजिकै छिमेक शेख सविरले छुरा गर्दा उनको मृत्यु भएको रौतहटा एसपी वीरबहादुर बुढा मगरले जानकारी दिए ।
उनका अनुसार राति सविरसंग समान्य विवाद भएको थियो । त्यस क्रममा सविरले बायाँ छातीमा मुटु नजिक छुरा प्रहार गरेका थिए ।

छुरा प्रहारबाट गम्भीर घाइते खानलाई प्रादेशिक अस्पताल कलैया लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । छुरा प्रहारमा संलग्न साविरलगायत दुईजना फरार भएका छन् । उनीहरुको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जानकारी दिए 

error: Content is protected !!