रौतहटको कटहरियाका प्रत्येक वडाका किसानलाई धानको बिउ वितरण गर्ने
जेठ २२ गते रौतहट ।
रौतहट जिल्लाको कटहरिया नगरपालिकाले कृषकलाई उन्नत जातको धानको बीउ अनुदानमा वितरण गर्ने भएको छ ।
सरकारी फार्म बाट खरिद गरि शत प्रतिशत अुनदानमा बीउ वितरण हुन लागेको प्रमुख प्रशासकीय अधिकृत रामप्रकाश साहले बताउनु भयो ।
प्रत्येक वडामा धान बिउ खरिद गरी कृषकलाई बीउ वितरण गर्न लागेको हो । प्रत्येक वडामा २१ क्विन्टलका दरले धान बीउ वितरण गर्न लागिएको साहले बताए । विभिन्न जातका धान बिउ हर्दिनाथ ६, चैते ५, हर्दि नाथ हाई ब्रिड, सोना मंसुली १, मकवानपुर ,सावित्री नामकको धान वितरण गरिने अधिकृत साहले जानकारी गराए ।
यता कटहरियाका मेयर अजय प्रकाश जयसवालले हिजै देखि प्रत्येक वडामा घानको बीउ पठाउने काम भएको बताएका छन् । बीउ अनुदानमा दिन थालेपछि कृषक व्यावसायिक खेतीतर्फ उत्साहित भएर लाग्ने नगरप्रमुख जयसवालको भनाइ छ ।
कटहरिया नगरपालिकाका कृषकले माग गरेअनुरुप धानको बीउ परवानीपुर लगायतका ठाउँबाट बाट खरिद गरी वितरण गर्न लागेको हो ।