कटहरिया बजारमा सुपर स्मार्ट मार्केटको काम तिब्र गतिमा अगाडि

रबिन्द्र प्रजापति, जेठ २३ गते रौतहट ।
रौतहट जिल्लाको चर्चित बजारको नामले चिह्निे कटहरिया बजारमा सुपर स्मार्ट मार्केटको काम तिब्र गतिमा अगाडि बढेको छ । कटहरिया बजारमा निर्माण भईरहेको भवनको काम करिब ७५ प्रतिस्त सम्पन्न भएको छ ।

पुर्व मेयर सियाराम कुशवाहाको पाला देखि निर्माण भईरहेको बजारको भवन दिवा निर्माण सेवाको ठेक्केदार रामप्रसाद पटेलले निर्माण गर्ने जिम्मा पाएको करिव दुई वर्षमा पहिलो चरनको काम मात्र भएको थियो । दिवा निर्माण सेवाले कटहरिया बजारको भवनको काम अलपत्र पारे पछि कटहरिया नगरपालिकाका नगर प्रमुख अजयप्रकाश जयसवालको कडा एक्सनले काम धमाधम भई रहेको देखिएको छ ।

पटक पटक दिवा निर्माण सेवाका ठेक्केदार पटेललाई मेयर जयसवालले फोन गरि निर्माणका कामलाई अगाडि बढाउनका लागी आग्रह गर्दै आएका थिए तर दिवा निर्माण सेवाका ठेक्केदार पटेलले मेयर जयसवालको कुरालाई आलटाल गर्दै आएपछि ०७९ भदौ १७ गते शुक्रबारका दिन मेयर जयसवालले नगरपालिकाको कार्यालयमा पत्रकार समेलन गरि अलपत्र परेको कामलाई अगाडि नबढाए पछि ठेक्केदार र निर्माण कम्पनीलाई कार्यवाहीको दायरामा ल्याएर छाडने चेतावनी दिएको थियो ।

दिवा निर्माण सेवाको बदमासी एवं चरम लापरवाहीका कारण कटहरिया नगरपालिकामा विभिन्न किसिमका विकास निर्माण कार्य अलपत्र परेको थियो । निर्वाचित भएदेखि मेयर जयसवालको ईसारामा अहिले दिवा निर्माण सेवाले धमाधम निर्माण कार्य गरिरहेका छन ।

error: Content is protected !!