कटहरिया गाँउ र बजारमा ढल निकास सहित कालोपत्रको काम शुरु

रबिन्द्र पजापति, जेठ २३ गते रौतहट ।
रौतहट जिल्लाको कटहरिया नगपालिका वडा नं। ५ कटहरिया गाँउ र बजारमा ढल निकास सहित कालोपत्रको काम शुरु भएको छ । कटहरिया नगरपालिकाको नगर प्रमुख अजय प्रकाश जयसवालले सहरी विकास तथा सरसफाई सुनसरी जिल्लका ईटहरीको आयोजनामा ढल निकास र कालो पत्रको काम भईरहेको कटहरिया नगरपालिकाका नगर प्रमुख अजय प्रकाश जयसवालले जानकारी दिनु भयो ।
कटहरिया गाउँमा रहेको मनोज बिज भण्डारको घर देखि कटहरिया हनुमान मन्दिर सम्म र कटहरियाको नगरपालिका देखि प्राथमिक स्वास्थ्य केन्द्र सम्म ढल निकास र कालोपत्र हुने नगर प्रमुख जयसवालले बताउनु भयो ।
कटहरिया बजारमा लामो समय देखि धुलोका कारण कटहरियाका व्यपारीहरु सास्ती खेप्दै आएको थियो । धुलो मुक्त हुने उद्देश्यले नगर प्रमुख जयसवालले सहरी विकास तथा सरसफाई ईटहरी सुनसरीसंग सम्झौता गरि कालोपत्र र ढल निकासको काम भईरहेको मेयर जयसवालले जानकारी दिए ।
आउदो असार महिना भित्रैमा कालोपत्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको मेयर जयसवालले बताए । कटहरियामा निर्माण भई रहेको ढल निकासको काम यस वर्षको वर्षाको पानी निकास हुने उद्देश्यले तिब्र रुपमा काम भई रहेको मेयर जयसवालले बताए ।

error: Content is protected !!