६ दिने अधारभुत लेखा ब्यवस्थापन कार्यशाला गोष्ठी बिहिबार देखि सुरु

असार १ गते रौतहट ।
रौतहटको कटहरिया नगरपालिका अन्तर्गत रहेका सम्पुर्ण सहकारी ब्यवस्थापनको लागी ६ दिने अधारभुत लेखा ब्यवस्थापन कार्यशाला गोष्ठी बिहिबार देखि सुरु भएको हो ।

जिल्लको कटहरिया नगरपालिकाको वार्ड नं. ७ बगहिमा वाड कार्यालयको सभा हलमा कटहरिया नगरपालिकाको नगर कार्यपालिकाको कार्यालय कटहरियाले आयोजना गरिएको ६ दिने अधारभुत लेखा ब्यवस्थापन कार्यशाला गोष्ठी एक कार्यक्रमबिच सुरु गरिएको हो । कटहरिया नगरपालिकाको वार्ड नं।७ का वडाअध्यक्ष शहिद मिया धोवीको अध्यक्षतामा आयोजना गरिएको कार्यक्रमको प्रमुख अतिथि कटहरिया नगरपालिकाको नगर प्रमुख अजय प्रकाश जैसवाल रहनु भएको थियो कार्यक्रमको बिशिष्ट अतिथि सोहि नगरपालिकाको नगर उप–प्रमुख रिता देवी यादब रहनु भएको थियो । ६ दिने ब्यवस्थापन कार्यशाला गोष्ठीमा नगरमा रहेका सम्पुर्ण सहकारी संस्थाका संचालकहरुको सहभागिता रहेको थियो । गोष्ठीमा नगरभरिमा रहेका सहकारी संस्थाहरुको संचालकहरुसंग समस्या र तीनका समाधान बारे छलफल गरिएको थियो ।

नगरमा किसानहरुले भोग्दै आएको समस्यालाई कसरी समाधान गर्ने र उनीहरुलाई आवश्यकता अनुसारको मल कसरी उपलब्ध गराउने र त्यसको समाधान बारे एक आपसमा छलफल गरिएको थियो । गोष्ठीलाई सम्बोधन गर्दै नगर प्रमुख अजय प्रकाश जैसवालले भने हाम्रो नगरमा रहेका किसानहरुलाई कसरी समयमा उपलब्ध हुन्छ ,कुन तरिकाबाट काम गर्दा सरल र सुलभ मल उपलब्ध हुन्छ भनि निर्वाचित वडाअध्यक्ष र सहकारी संस्थाका संचालकहरुलाई कम्मर कसेर लाग्नु पर्नेमा जोड दिएका थिए ।

नगर प्रमुख जैसवालले भने हाम्रो नगरमा भएका सहकारीहरुको गुनासो पनि धेरै नै रहेको बताउनु भयो ।वहाँले भन्नु भयो कि सहकारीलाई दिएको मल किसानहरुलाई नदिई मोट रकम लिई अरु मानिसहरुसंग बेच्ने जस्ता कुराहरु बाहिर आउन थालेका छन ।त्यस्ता कुरा हाम्रो पालिका भित्र रहेका सहकारी संस्थाले गरेको पाईयो भने प्रचलित कानुन बमोजिम कार्यावाहि हुने समेत चेतावनी दिनु भएको थियो । साथै साथै नगर प्रमुख जैसवालले भने हाम्रो यो गोष्ठी ६ दिन सम्म चल्ने हो यस गोष्ठीबाट राम्रो कुरा सिक्ने र ब्यवहारमा उतार्ने पनि बताउनु भएको थियो । जेठ ३२ गते बिहिबार देखि सुरु भएका ६ दिने अधारभुत लेखा ब्यवस्थापन कार्यशाला गोष्ठी आउदो श्रावण ५ गते शुक्रबार सम्पन हुने नगर प्रमुख जैसवालले बताउनु भएको थियो ।

कटहरिया नगरपालिकाको वार्ड नं।७ बगहीको वार्ड कार्यालयमा गरिएको ६ दिने अधारभुत लेखा ब्यवस्थापन कार्यशाला गोष्ठी कार्यक्रमको संचालन मेडपा शाखाकाको प्रमुख मनोज कुमाार साहले गरेको थियो भने कार्यक्रममा कटहरिया नगरपालिकाको नियमित प्रमुख प्रशासकिय अधिकृत राम प्रकाश साह ,योजना प्रमुख रामनरेश साह ,कौशल चौधरी ,कटहरिया नगरपालिकाको पंञ्जिकरण शाखा प्रमुख हरेन्द्र राय यादब ,वार्ड नं।७ का वडा सचिव जयराम साह लगायत नगरपालिका भरिका सहकारी संस्थाको प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

error: Content is protected !!