नगर प्रमुख जयसवाल, वडा अध्यक्ष साहले गरे लक्ष्मीपुरमा सडक र नालाको शिलान्यास
रबिन्द्र प्रजापति, असार १ गते रौतहट ।
रौतहटको गरुडा नगरपालिका वडा नम्बर ५ लक्ष्मीपुरमा नाला निर्माण सहित सडक ढलानको शिलान्यास भएको छ । गरुडा नगरपालिकाका नगर प्रमुख कन्थमनी प्रसाद जयसवालले नाला निर्माण सहित सडक ढलानको शिलान्यास गरेका छन ।
लक्ष्मीपुरका स्थानीय बासीलाई वर्षायाममा सास्ती भोग्नुपरेको अवस्थाको मध्यनजर गरि सो सडक ढलान सहित नाला निर्माणकार्यको नगरप्रमुख जयसवाल र वडा नं.–५ का वडा अध्यक्ष रामबिनोद साहले संयुक्त रूपमा शिलान्यास गरेका छन ।
गरुडा नगरपालिकाको वार्ड नं.५ को वडाअध्यक्ष साहको वार्डस्तरियबाट बिनियोजित बजेटको ७ लाख लागतमा उक्त नाला सहितको सडक ढलान कार्य हुने भएको हो ।
सोहि शिलान्यास कार्यक्रमको सम्बोधन गर्दै वडाअध्यक्ष रामबिनोद साहले भने आफ्नो वार्डको कुनै समस्या मेरो हो ,भनि उदेश्यले यहाँ रहेको समस्यालाई समाधान गर्न ७ लाखको वार्डस्तरिय बजेटबाट ५० मिटर लम्बाई ,८ फिट चौडाई र ८ ईन्च उचाई सडक ढलान गर्न लागेको बताउनु भयो । वहाँले भने यस नाला सहितको सडक ढलानले करिब २ सय जना मानिसहरु लाभान्वित हुने बताउनु भयो ।
नगरबासीको चाहना र ईक्षा अनुसार विकास निर्माण कार्यमा जोडदिने नगरप्रमुख जयसवालले बताए । नगरलाई समृद्ध र सुखी बनाउन आफू निरन्तर लागि परेको उनले बताए ।