जिल्ला प्रशासन कार्यालय रौतहटले विधुतिय राहदानी सेवा संचालनमा

जिल्ला प्रशासन कार्यालय रौतहटले सेवाग्रहीको हितलाई मध्यनजर राख्दै मंगलवार विहानै देखि विधुतिय राहदानी सेवाको काम संचालनमा ल्याएको छ ।

प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रको विशेष पहलमा आज विहान ७ बजे देखि सेवाग्रहीलाई सुविधा होस भन्दै विद्युतिय राहदानीको काम संचालनमा ल्याएको हो ।

प्रमुख जिल्ला अधिकारी मिश्रका अनुसार सेवाग्राहीको चापलाई ध्यान दिदै विहान देखि सेवा दिन लागेको हो । आईतवार देखि विहिवार सम्म विहान ७ बजे देखि सांझ ५ बजे सम्म तथा शुक्रबार विहान ७ बजे देखि दिउँसो ३ बजे सम्म विधुतिय राहदानी सेवाको काम संचालनमा ल्याएको बताए ।

विधुतिय राहदानीको फर्म भराउने तथा वायोमेट्रिक सेवा जिल्ला प्रशासन कार्यालयले सुचना प्रकाशन गरी निःशुल्क रहेको जानकारी दिई सकेका छन । सेवाग्राहीको सुविधाको लागि सो कार्यालय परिसर भित्र सन्देश प्रसारण गर्न लागि साउण्ड सिष्टम जडान गरिएका छन ।

गर्मिमा सेवा ग्राहीलाई राहत होस भनी बढि चहल पहल हुने प्रतिक्षालय सहितका ठाउं ठाऊमा पंखा जडान समेत गराइएको प्रजिअ मिश्रले भने ।

प्रजिअ मिश्रले आफू यहाँ जनताहरुको सेवा सुविधा सहज रुपमा पार्दर्शी रुपमा दिन आएको छु, म जनता माथि शासन गर्ने सिडिओ होइन, जनताहरुलाई जतिसक्दो सेवा प्रदान गराएर उनीहलाई राहत दिनु, जिल्लामा शान्ति स्थापना गराउन, सुखद र सम्पन्न समाजको निर्माण गर्नमा आफूबाट हुने हरेक प्रकारको सहयोग गर्न सधै तत्पर रहने प्रतिबद्धता जनाए ।

error: Content is protected !!